१२ औं चितवन महोत्सवको उद्घाटन / निजि र सार्वजनिक क्षेत्रको सहकार्यबाट समृद्धि: प्रचण्ड (फोटोफिचर) - Hamro Paisa

Pages

Breaking


Wednesday, January 9, 2019

१२ औं चितवन महोत्सवको उद्घाटन / निजि र सार्वजनिक क्षेत्रको सहकार्यबाट समृद्धि: प्रचण्ड (फोटोफिचर)

२५–पौष, चितवन । 


चितवनको गौरव र गरिमाका रुपमा लिने गरिएको १२ औें चितवन महोत्सव आजदेखि सुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा सुरु भएको महोत्सवको आज एक भब्य समारोहकाबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्धघाटन गर्नुभएको छ  ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले देशलाई समृद्धिको बाटो तर्फ डोहो¥याउन निजि र सार्वजनिक क्षेत्रको साझेदारी आवश्यकता  रहको बताउनुभयो । चितवनमा सार्वजनिक र निजि क्षेत्र मिलेर महोत्सबको आयोजना गरिएको सन्र्दभ उल्लेख गर्दै प्रचण्डले यसले समृद्धिको यात्रामा सहायता पुग्ने बताउनुभयो । उहाँले निजि र सार्वजनिक क्षेत्रको सहकार्यले मात्र मुलुक समृद्धिको मार्गमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियोे  । 






यसअघि महोत्सबको दिन बिहानै जसमा ३०० भन्दा बढी संघसंस्थाको उत्साहपूर्ण सहभागिताामा वृहत शोभायात्रा समेत निकालिएको थियो । प्रदर्शनी स्थल नारायणी नदी किनारमा सुरु भएको महोत्सव विशेष बनाईएको छ । निकै आकर्षक साजसजावटसहित तयार पारिएको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ७१ वटा स्टल रहेको आयोजकले जनाएको छ  । स्टल धेरै भएकाले परिसर विगतमा भन्दा फराकिलो भएको छ । महोत्सव परिसर प्रवेशद्धार देखिनै यस संस्करणको भव्यता देख्न सकिन्छ । 


१२ औं संस्करणको महोत्सवलाई भ्रमण वर्ष २०२० लक्षित गर्दै गर्दा प्रवेशद्धारमा पनि त्यसको झल्को देख्न सकिन्छ । चितवनका १० पर्यटकिय गन्तव्यको तस्विर सहितको जानकारी प्रवेशद्धारमा राखिएको छ । चितवन महोत्सव परिसरबाट नगरवनसम्म जिप सफारीको समेत व्यवस्था गरिएको छ । महोत्सवमा हरेक संस्करणमा आकर्षणको केन्द्र बन्ने आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरुको निर्माण र प्रदर्शनले यस पटकपनि निरन्तरता पाएको छ । 

आदिवासी जनजाती महासंघ चितवनको संयोजनमा महोत्सव स्थल नारायणी नदी किनारमा आदिवासी जनजातीको पहिचान झल्कने घर निर्माण गरिएका छन् । घरमा आदिवासीको रहनसहन, उनीहरुले प्रयोग गर्ने भाँडा वर्तन, सांस्कृतिक पहिचान झल्कने भेषभूषा समेत प्रर्दशनीका लागि राखिने छन् । यस पटकको महोत्सवमा चेपाङ, दराई, बोटे, कुमाल र कुमाल जातीको पहिचान झल्कने घर निर्माण गरिएको छ ।

२०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने यस्तै करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत हुनेछन् ।दआजदेखि सुरु भएको महोत्सब यहि माघ ४ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here