द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छ : सिटौला - Hamro Paisa

Pages

Breaking


Wednesday, November 21, 2018

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छ : सिटौला

सुर्खेत, ५ मंसिर : नेपाली काङ्गे्रसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका छन् । 

काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाउन नसक्नु दुःखद् रहेको बताएका हुन् । 

उनले विस्तृत शान्ति सम्झौताको १२ वर्ष बितिसक्दासमेत द्वन्द्वपीडितलाई न्याय दिलाउन नसक्दा समाजमा बदलाको भावना बढ्न गई भविष्यमा अर्को कुनै प्रकारको द्वन्द्व निम्तिन सक्ने खतरा औँल्याए । 

शान्ति सम्झौताको मर्मविपरीत सहमतिमै गठन भएका सत्य निरुपण तथा मेलमिलाप र बेपता पारिएका व्यक्तिको छानबिन आयोगलाई सरकारले निष्क्रिय पारेको उनको आरोप थियो । “कुनै अड्चन भए पनि संसद्बाट कानून बनाएर आयोगलाई गतिशील बनाउनुपथ्र्यो” पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले भने, “यति ठूलो बहुमत हुँदासमेत सरकारले द्वन्द्वपीडितलाई किन न्याय दिन सकेन, यसले सरकारको नियतमाथि प्रश्न उठेको छ ।” 

उनले भने, “प्रतिपक्षीले जनमतको दबाबमार्फत सरकारलाई सही ट्रयाकमा लैजान सक्नुपथ्र्यो, त्यसमा हाम्रो पार्टीको कमजोरी रह्यो ।” पत्रकारको जिज्ञासामा सिटौलाले सभापति शेरबहादुर देउवा बहुमतका आधारमा पेलेर अघि बढ्न खोजेको भन्दै आपत्ति जनाए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here