जडिबुटीबाट रिभल्वरसहित २ जना समातिए - Hamro Paisa

Pages

Breaking


Monday, November 19, 2018

जडिबुटीबाट रिभल्वरसहित २ जना समातिए

काठमाडौं, ३ मंसिर : महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले एउटा घरेलु रिभल्वरसहित दुर्इ जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-३ का २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरी छन् । 

उनीहरू जडिबुटी ढुङ्गेधारामा बस्दै अाएका थिए । वृत्तका अनुसार उनीहरूलार्इ रिभल्वरसहित नियन्त्रित लागूऔषध नाईट्राभेट ५६ एम्पुल र मोबाईल २ थानसहित पक्राउ गरिएको हो । 

त्यहाँ ड्यूटीमा खटिएको प्रहरीले ज ११ प ४८६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलार्इ भेट्टाएको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here