वाग्लुङ गलकोट समाज गैंडाकोटमा ढकालको नेतृत्व - Hamro Paisa

Pages

Breaking


Tuesday, January 8, 2019

वाग्लुङ गलकोट समाज गैंडाकोटमा ढकालको नेतृत्व

कमला भुषाल,

गैडाकोट, २४ पौष ।  वाग्लुङ गलकोट समाज गैंडाकोटको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ अधिवेशनबाट छाँयादत्त ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

 नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा तोयनाथ गैरे, उपाध्यक्ष कमल गौतम, महिला उपाध्यक्षमा धनमाया पोखरेल, सचिव धनिश्वर गौतम, कोषाध्यक्ष रामनाथ सापकोटा, सह–सचिव तेज बहादुर बोहरा, सह–कोषाध्यक्ष निशा शर्मा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा तेजप्रसाद गैरे, जुना न्युरे, रामचन्द्र सापकोटा, सह बहादुर क्षेत्री, रेश्मी खड्का, हरिकृष्ण भण्डारी र पार्वती कंडेल रहेको निर्वाचन समिति संयोजक श्री भारद्वाजले जानकारी दिनुभयो ।
कार्यक्रम वाग्लुङ गलकोट समाज गैंडाकोटका अध्यक्ष रामसिंह थापाको अध्यक्षता तथा वाग्लुङ सम्पर्क समाज चितवनका अध्यक्ष प्रेमकुमार गैरेको प्रमुख आतिथ्य रहेको थियो  ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेल, वडा नम्बर १७ का अध्यक्ष रत्नबहादुर खड्का, वाग्लुड्ड समाज गैंडाकोटका अध्यक्ष शेरबहादुर कार्की, समाजका सल्लाहकार संयोजक पोषणराज सुवेदी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।


यस अघि खुल्ला सत्रमा समाजका सचिव छायाँदत्त ढकालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तारादेवी शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विक्रम सम्बत २०७१ सालमा स्थापित समाजले गलकोटबासीलाई एकतावद्ध गर्दै विभिन्न गतिविधी गर्दै आईरहेको छ  ।


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here