मेयर जेलबाट छुटेको खुसियालीमा सार्वजनिक विदाको घोषणा ! - Hamro Paisa

Pages

Breaking


Saturday, December 29, 2018

मेयर जेलबाट छुटेको खुसियालीमा सार्वजनिक विदाको घोषणा !

काठमाडौं, १५ पौष ।


 कहिँ नभएको जात्रा, हाँडीगाउँँ भन्ने नेपाली आहान रौतहटको कहटरियामा चरितार्थ भएको छ ।
कटहरिया नगरपालिकाले आज नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ । कारण सुन्दा अचम्म लाग्ला, हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा सफाई । जेलबाट छुटेपछि हेलिकोप्टर चढेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५–०९–१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा शनिबार विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वा्चित भए ।
तर, अदालतको फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ गरे । त्यसविरुद्ध सर्वोच्च गएका उनले शुक्रबार सफाइ पाएका थिए ।


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here