चितवन राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा चरा गणना शुरु - Hamro Paisa

Pages

Breaking


Wednesday, January 9, 2019

चितवन राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा चरा गणना शुरु

२५ पौष, गैडाकोट ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु गरिएको छ ।  विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद्हरुले चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् ।


हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ । यसपटक जनवरी ५ देखि २० सम्म चरा गणना गरिने छ । चरा र तीनका वासस्थानको अवस्थाबारे अध्ययन र अनुसन्धानका लागि चरा गणना हुने गरेको हो । पानीमा आश्रित चरासँगै अन्य चराको बारेमा समेत खोजी गरिन्छ । चितवनको ढुङ्ग्रे खोला, बूढी राप्ती, बिसहजारी ताल, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौँडालगायतका स्थानमा चरा गणना गरिने बताइएको छ  ।

मंगलवार चितवन राष्ट्रिय निकुञ्जको जिन्दगानी घाँटदेखी सौराहासम्म गणना गरिएको छ । गणनाका लागी चराको वारेमा ज्ञान भएका नेचर गाईड सहभागी छन । मानविय लापवाहीका कारण वासस्थानमा परेको असरले चरा संकटमा परेकोे वर्ड एजुकेशन सोसाईटीका पूर्व अध्यक्ष चरा विदवाशु विडारीले बताउनुभयो । विश्वमा सन् १०६७ देखी सुरु भएको चरा गणना नेपालमा सन् १०८७ देखी सुरु भएको हो । सोही वर्षदेखी चितवनमा पनि चरा गणना थालिएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here