सामुदायिक मेलमिलाप कर्ता दक्ष बनेसंगै गैंडाकोट न्यायिक क्षेत्र परपक्क बन्ने विश्वास - Hamro Paisa

Pages

Breaking


Tuesday, January 1, 2019

सामुदायिक मेलमिलाप कर्ता दक्ष बनेसंगै गैंडाकोट न्यायिक क्षेत्र परपक्क बन्ने विश्वास

गैंडाकोट, १७ पौष ।

 गैंडाकोटमा सामुदायिक मेलमिलाप कर्ताको लागी आधारभुत तालिम प्रदान संगै मेलमिलापमा सहज हुने विश्वास गरिएको छ । तालिमसंगै नगरपालिका भित्रको न्यायिक क्षेत्र परिपक्क बन्नेमा गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले विश्वास गर्नुभएको छ ।
    तालिम समापन पछि मंगलबार आयोजित प्रमाणपत्र बितरण समारोहमा धारणा राख्दैं नगरप्रमुख पौडेलले नगरपालिका भित्रको न्यायिक पाटो अन्यन्तै मजबुत भै सबैपक्षले जित जितको भावना महशुष गर्ने बताउनुभएको हो ।


यसैगरि गैंडाकोट नगरपालिकाका न्यायिक समिति प्रमुख एवं नगरपालिकाका उप–प्रमुख विष्णुकुमारी कंडेलले संविधानले निर्दिष्ट गरे अनुरुप न्यायिक समितिको स्वरुप अनुरुप प्रभावकारी बनाउन लागिएको बताउनुभयो । उहाँले समुदायमा हुने स–साना देखि सबै खाले भै झमेलामा मेलमिलाप कर्ताको सहजिकरणमा समस्या समाधानमा सफलता हासिल हुने बताउनुभयो  । उहाँले नगरपालिकामा मेलमिलाप कक्षसमेत स्थापना गरि प्रभावकारी नतिाजा निकाल्ने समेत बताउनुभयो । तालिम संगै न्यायिक कार्य मजवुत हुने विश्वास गरिएको छ ।


 

नगरपालिका भित्रका कुल ६१ जना तालिममा सहभागि मेलमिलाप कर्ताले मंगलबार सपथग्रहण समेत गरेको तालिमका एक प्रशिक्षक चेतराज भट्टले जानकारी दिनुभएको छ ।
गत मंसिर २४ गते देखि पौष १ गते सम्म संचालन भएको तालिम विजय विकास स्रोत केन्द्र गैंडाकोटमा संचालन भएको थियो । तालिममा सहभागि प्रशिक्षार्थी सालिकराम सापकोटाको निधन भएसंगै तालिमको समापन स्थगित भै आज संचालन गरिएको हो । 




No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here