मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत १ करोड ७३ लाख लिएर फरार - Hamro Paisa

Pages

Breaking


Monday, January 7, 2019

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत १ करोड ७३ लाख लिएर फरार

२४ पौष, चितवन ।

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी १ करोड ७३ लाख रुपैयाँ लिएर फरार भएका छन् । तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत रहेका उनी मंसिर २५ गतेदेखि सम्पर्क बिहिन भएका छन् ।

 प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलका अनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ । मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो । त्यही दिन मालपोतले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न भन्दै पत्र समेत काटेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here