गफ गरेकै भरमा देशमा विकास हुदैन् : काग्रेस नेता भण्डारी - Hamro Paisa

Pages

Breaking


Monday, January 7, 2019

गफ गरेकै भरमा देशमा विकास हुदैन् : काग्रेस नेता भण्डारी

कावासोती, २३ पौष । 

गफ गरेकै आधारमा देशको विकास सम्भव नरहेको नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले वताउनु भएको छ । नवलपुरको अरुणखोलमा सञ्चालित प्रथम मध्यविन्दु महोत्सवको समापन समारोहमा सम्बोधन गर्दै कांगे्रस नेता भण्डारीले नेतृत्व गर्ने मान्छेले सपना मात्रै देखेर समृद्धि नआउने वताउनु भएको हो । देशमा विकास र प्रगतिको प्रशस्त सम्भावना भए पनि तो पुरा गर्ने इच्छा शक्ति वर्तमान सरकारमा नरहेको समेत नेता भण्डारीले आरोप लगाउनु भयो । समय परिवर्तनशिल रहे पनि नेपालमा राजनैतिक नेतृत्व कहिल्यै परिवर्तन हुन नसकेकाले विकास संस्थागत हुन नसकेको उहाँले वताउनु भयो । 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछानेले सवै एक भएर विकास गर्नु पर्ने वताउनु भयो । युवा नेतृत्वलाई जिम्मेवारी सुम्पियर परिवर्तनलाइ सस्थागत गर्नु आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा वोल्दै हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले यस क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि सवै निकाय एक भएर लाग्नु आवश्यक रहेको वताउनु भयो । भौगोलिक अवस्थितिका कारण पनि आर्थिक रुपान्तरणका लागि सवैविच सहकार्य हुनु आवश्यक रहेको अध्यक्ष पाण्डेले वताउनु भयो । 

कार्यक्रममा वोल्दै पुर्व सभासद एवम नेकपाका नेता कृष्ण पौडेलले निजि क्षेत्रको प्रयास प्रशंसनिय रहेको वताउनु भयो । त्यस्तै कार्यक्रममा वोल्दै नेकपाका नेता भिमलाल अधिकारीले सहि लाइ सहि र गलत लाइ गलत भन्ने परिपाटिको विकास गर्नु आवश्यक रहेकोमा जोड दिनु भएको थियो । स्थानिय सरकार या प्रदेश, संघ सरकार जसले गरेको कामको पनि सहि लाइ सहि र गलत लाइ गलत भन्नु सक्नु पर्ने वताउनु भएको हो । 

महोत्वसको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आले , नेपाल काग्रेसका जिल्ला सचिब बालकृष्ण घिमीरे , राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पंगेनि लगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधहिरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here