प्रचण्डले पढाएको स्कूलमा पाकिस्तानी राजदूतावासको सहयोग प्रदान - Hamro Paisa

Pages

Breaking


Monday, January 7, 2019

प्रचण्डले पढाएको स्कूलमा पाकिस्तानी राजदूतावासको सहयोग प्रदान

२३ पौष, चितवन ।


नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भरतपुर महानगरपालिका  वडा नं.१४ को नारायणी विद्यामन्दिर माध्यामिक विद्यालयमा आयोजित शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै जावेदले नेपाल पाकिस्तानको असल मित्र भएको बताउनुभएको हो । दुई देश बीचको सहकार्यको उदाहरण स्वरुप चितवनको विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको बताउनुभयो । उहाँले प्रत्यक बर्ष नेपालको शैक्षिक क्षेत्रमा सहयोग गरिहेको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । 

पाकिस्तानी राजदुतावासको तर्फबाट विद्यालयलाई १० लाख रुपैयाँ बराबरको १६ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । जावेदले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको क्षमता विकासको लागि कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कायम भएसँगै सहयोग आदानप्रदान भइरहेको उहाँको भनाई थियो  ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाल र पाकिस्तानकाबीच मैत्री सम्बन्ध कायम भएसँगै मित्रराष्ट्र पाकिस्तानले नेपालको भौतिक, सामाजिक र साँस्कृतिक विकासका साथै प्राविधिक विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताउनुभयो थियो । उहाँले पाकिस्तानको सहयोगले दुई देश वीचको सम्बन्धलाई जनस्तरसम्म पु¥याउन सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।


 कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटरको अधिकतम उपयोग गरी ज्ञान र सीप हासिल गर्न मेयर दाहालले आग्रह गर्नुभयो । देशकै केन्द्रबिन्दुमा रहेको महानगरपालिकाले योजनावद्ध ढंगले कार्यक्रमहरु अगाडि बढाइरहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका कामहरु तिब्र भैरहेको दाबी गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा पाकिस्तानी दुतावासका राजनीतिक एवं साँस्कृतिक कन्सुलर अब्जर अब्दार, भरतपुर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओमप्रसाद पोखरेल, भरतपुर महानगरपालिका शिक्षा शाखाका प्रमुख भूमि सुवेदी, विद्यालयका प्रधानाध्यापक लगायतले मन्तब्य राख्नुभएको थियो  ।



No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here