नेपाल मगर संघ गैंडाकोट नगर समितिमा दुर्गा बहादुरको नेतृत्व चयन - Hamro Paisa

Pages

Breaking


Sunday, January 6, 2019

नेपाल मगर संघ गैंडाकोट नगर समितिमा दुर्गा बहादुरको नेतृत्व चयन

२३ पौष , गैंडाकोट ।

नेपाल मगर संघ गैंडाकोट नगर समितिमा दुर्गाबहादुर मर्साङ्गी मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन भएको छ । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित मुकुन्दसेन बौद्ध बिहारमा भएको १२औं अधिबेशनबाट दुर्गाबहादुरको नेतृत्वमा सर्बसम्मत नयाँ समिति चयन भएको हो । जसको बरिष्ठ उपाध्यक्षमा नरजंग राना मगर, उपाध्यक्षमा मोमकुमारी राना मगर, सचिब कुलबहादुर ठाडा मगर, कोषाध्यक्ष लिलाथापा मगर रहेका छन् ।

अधिवेशनबाट १७ सदस्यीय समिति चयन भएको छ भने ८ सदस्य पछि मनोनित गरि २५ सदस्य समिति बन्ने जनाइएको छ ।  नेपाल मगर संंघ, जिल्ला कार्य समितिका बरिष्ठ उपाध्यक्ष मेखबहादुर सारु मगरको प्रमूख आतिथ्यता शनिबार अधिबेशन सम्पन्न भएको हो ।

निर्वाचित कार्य समितिलाई आईतबार गैडाकोट ८, लखन चोक स्थित मगर संघको कार्यालयमा निर्वाचन समिति संयोजक शिबबहादुर पुन मगरले सपथ ग्रहण गराउनु भयो । सपथ ग्रहण समारोहमा नेपाल मगर संघ गैंडाकोटका संस्थापक अध्यक्ष केयरसिङ्ग राना मगर, संघका पूर्व जिल्ला सदस्य टकबहादुर र्मसाङ्गी मगर, पूर्व नगर समितिका सल्लाहकार गोपाल दर्लामी, निवर्तमान अध्यक्ष उत्तमप्रसाद बकवाल मगर, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ नवलपुरका अध्यक्ष असिफ गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मर्साङ्गी मगरले सम्पूर्ण नगर भित्रका मगरहरुलाई एक जुट बनाएर अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here