पूवी नवलपुरमा आयोजित प्रथम मध्यविन्दु महोत्सव सोमबार सम्पन्न - Hamro Paisa

Pages

Breaking


Monday, January 7, 2019

पूवी नवलपुरमा आयोजित प्रथम मध्यविन्दु महोत्सव सोमबार सम्पन्न

२३ पौष, गैंडाकोट ।

प्रथम मध्यविन्दु महोत्सव सोमबार सम्पन्न भएको छ । पूवी नवलपुरको मध्यविन्दु नगरपालिकामा आयोजित प्रथम मध्यविन्दु महोत्सव सोमबार एक समारोहका विच सम्पन्न भएको हो । महोत्सवमा करिब साढे ३ करोड वरावरको आर्थिक कारोवार भएको आयोजकले बताएको छ । महोत्सवमा राखिएका विभिन्न व्यवसायिक स्टल तथा प्रवद्र्धनमा करिव साढे तिन करोड वरावरको आर्थिक कारोवार भएको मुल आयोजक समितीले अनुमान गरेको छ ।
 विभिन्न प्रकृतिका २ सय स्टल रहेको महोत्सवमा , महोत्सव अवधिभर सवै स्टलको व्यपार उत्साहाजन रहेको आयोजकले जनाएको छ । गत पुष १३ देखि २३ गते सम्म सञ्चालित प्रथम मध्यविन्दु महोत्सव को करिव १ लाख ५० हजार दर्शकले अवलोन गरेको जनाइएको छ । महोत्वमा दैनिक हजारौको संख्यामा दर्शकहरुको उपस्थितिले प्रथम मध्यविन्दु महोत्सवलाइ एैतिहासिक वनाएको मध्यविन्दु उधोग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले वताउनु भयो । कला र संस्कृतीको संरक्षण तथा कृषी पर्यटन उद्योग व्यापार प्रबर्धनका लागि मध्यबिन्दु महोत्सव भन्ने मुल नाराका साथ मध्यबिन्दु १० अरुणखोलामा महोत्सव सञ्चालन गरिएको थियो ।
मध्यविन्दु उद्योग वाणिज्य सघले यस क्षेत्रको उधोग व्यापार ,कृषि, कला सस्कृति, पर्यटन , भेषभुषा , रहनसहन आदिको चिनारीका लागि महोत्सवमा मुख्य जोड दिएको वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठले वताउनु भयो । अपेक्षा गरेभन्दा बढि दर्शक आएकाले प्रथम मध्यविन्दु महोत्सव एैतिहासिक वनेको आयोजक पक्षको दावि छ । महोत्सवमा राखिएका स्टलहरुबाट सोचे अनुरुपको व्यापार हुदा स्टल संचालकहरु पनि खुसी देखीएको स्टल अनुगमन तथा मुल्यांकलन समितिका संयोजक धुब्र तिबारीले बताउनुभयो ।
 महोत्सव अवधिमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाइ मनोरञ्जन दिएका थिए । समापनको दिन सोमवार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष एवम चर्चित गायक बद्रि पंगेनिले दर्शहरुलाइ अवेर साझ सम्म नचाउन सफल भएका थिए । महोत्वसमा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको छुट्टै स्टल राखिएको थियो । जात जातिको सांस्कृतीक घरहरुले महोत्सवलाइ थप आकर्षक वनाएको थियो भने वालउधान , अरुणखोलामा डुंगा सेयर लगायतका विभिन्न आकर्षणहरुले दर्शकको मन लोभाएको थियो । महोत्सवमा कृषि उत्पादनको प्रदर्शनी, विभिन्न अटो कम्पनिका स्टल, विभिन्न खानाका परिकार, घरेलु तथा हस्तकलाका सामग्रीका प्रदर्शनी, सेवामूलक संस्थाका प्रदर्शनी कक्षहरु रहेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here