लायन्स क्लब अफ वागेश्वरी सिटी गैंडाकोटले ग¥यो निःशुल्क स्वास्थ्य शिविर - Hamro Paisa

Pages

Breaking


Monday, January 7, 2019

लायन्स क्लब अफ वागेश्वरी सिटी गैंडाकोटले ग¥यो निःशुल्क स्वास्थ्य शिविर

गैंडाकोट, २३ पौष ।

लायन्स क्लब अफ वागेश्वरी सिटी गैंडाकोटले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । महिलाहरुलाई स्वास्थ्य लाभ पु¥याउने उद्धेश्यले गैंडाकोट नगरपालिकाको वडा नं. ७ मा पाठेघर र स्तन परिक्षण गरिएको क्लबका अध्यक्ष मेघराज कंडेलले जानकारी दिनुभएको छ ।

 आफुभन्दा कम अवसरपाएका नागरिकको सेवामा खट्दै आएको लायन्स क्लबले यस क्षेत्रका महिलाहरुको स्वास्थ्य अवस्थामा टेवा पु¥याउन शिविर गरिएको अध्यक्ष कंडेलले बताउनुभएको छ ।  शिविरका क्रममा चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बिटु का पि.डि.जी प्रभातकुमार जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा गैंडाकोट ५ का वडा अध्यक्ष एवं क्लबका चार्डर प्रेशिडेण्ट नवराज कंडेल, गैंडाकोट ७का वडा अध्यक्ष चोलानाथ उपाध्याय लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here