वर्तमान सरकार काण्डै काण्डको सरकारः वरिष्ठ नेता पौडेल - Hamro Paisa

Pages

Breaking


Monday, January 7, 2019

वर्तमान सरकार काण्डै काण्डको सरकारः वरिष्ठ नेता पौडेल

२३ पौष, कावासोती  ।

 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकता बनाउने जिम्मा सभापतिको देउवाको रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा आईतबार सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले पार्टिलाई आन्तरिक रुपमा एकताबद्ध बनाउने जिम्मा पार्टि सभापति शेर बहादुर देउवाको हातमा रहेको बताउनुभएको हो  ।

उहाँले पार्टी एकताको डाडु पन्यु पार्टी सभापतिको हातमा रहेको भन्दै पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको दावी गर्नुभयो  । पार्टि एकता माथिबाट मात्र नभै जरैदेखि हुनुपर्ने उहाँको भनाई थियो  ।  पौंडेलले भन्नुभयो – माथि मात्रै एकता गर्नुस मात्रै भन्ने तर जिल्लामा गुटउपगुट छताछुल्ल पारेर हिड्ने ?’’ । उहाँले अब देउवा –पौडेल भनेर हैन काँग्रेसको रुख हेरेर राजनिति गर्न कार्यकर्ताहरुलाई सुझाव दिनुभयो  ।

 फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले नेपालका कम्युनिष्टहरु सिद्धान्तमा अझै ‘कन्फ्यूज’ रहेको बताउनुभयो । ‘‘अहिले पनि केपी ओली प्रचण्डलगातका नेताहरु अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ, ’’ उहाँले भन्नुभयो सिद्धान्तमा नै ‘कन्फ्यूज’ भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने नेता पौडेलको दाबी थियो । कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण कम्युनिष्ट नेतृत्वको सरकार गतिहिन बनेको उहाँको भनाइ थियो । सुशासनको चर्को भाषण गर्ने केपी ओली नेतृत्वको सरकार काण्डै–काण्डमा फसेको उहाँले जिकिर गर्नुभयो  ।

वर्तमान सरकार वाइडवडी काण्ड, सुन काण्ड, चिनी काण्डलगायतका काण्डै–काण्डमा मुछिएको आरोपसमेत लगाउनुभयो  । कार्यक्रममा पत्रकारहरु पोषण केसी, बसन्त शर्मा उपाध्याय, गणशेखर शर्मा र पुरुषोत्तम सुवेदीलाई सुर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले जानकारी दिनुभयो  ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here