रत्नराज्य लक्ष्मी मा.वि. गैँडाकोट वडा नं. १० को स्वर्ण महोत्सव समुद्घाटन - Hamro Paisa

Pages

Breaking


Wednesday, January 9, 2019

रत्नराज्य लक्ष्मी मा.वि. गैँडाकोट वडा नं. १० को स्वर्ण महोत्सव समुद्घाटन

२५ पौष, गैंडाकोट ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले अबको शिक्षा प्राविधिक शिक्षा हुनपर्ने बताउनु भएको छ । बुधबार रत्नराज्य लक्ष्मी मा.वि. गैंडाकोट  वडा नं. १० कोे स्वर्ण महोत्सवको समुद्घाटन गर्दे उहाँले  यस्तो बताउनु भएको हो । अहिले उच्च शिक्षा हासिल गर्न धेरै जनशक्ति बाहिर जाने क्रम बडदो भएकाले गैडाकोटमा प्राविधिक शिक्षाको स्थापना गरी यही जनशक्ति उत्पादन गर्न आवश्यक रहेको र रत्नराज्य लक्ष्मी मा.विमा प्राविधिक शिक्षाको स्थापना गराउन पहल गर्ने बताउनु भयो ।

यस्तै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगरलाई शैक्षिक हबको रुपमा विकास गर्न आफू लागि परेको बताउनु भएको थियो । गैंडाकोटमा विश्व विद्यालय स्थापना गरी नगरलाई शैक्षिक क्षेत्रका रुपमा विकास गर्न नगरपालिका अगाडि बढेको उहाँको भनाई थियो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका उप–प्रमुख विष्णुकुमारी कंडेल, नेकपा नगर संयन्त्रका षडानन्द लामिछाने, राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला अध्यक्ष दिपक पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुुभएको थियो ।


कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विद्यालयको विकासका लागि सहयोग गर्ने दानवीर समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयको ५० औं वर्ष पुगेको अवसरमा यहि पौष २५ देखि ३० गते सम्म विद्यालयले स्वर्ण महोत्सबको आयोजना गरि मनाउन लागेको छ । सोही अन्र्तगत विविध कार्यक्रमहरु समेत संचालन गरिएको विद्यालयका प्रद्यानाध्यापक नवराज काफ्लेले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here