पूर्वी नवलपुरको गैंडाकोट–१०, स्थित २३ स्मृति स्थलमा पार्क निर्माण हुने - Hamro Paisa

Pages

Breaking


Tuesday, January 8, 2019

पूर्वी नवलपुरको गैंडाकोट–१०, स्थित २३ स्मृति स्थलमा पार्क निर्माण हुने

राजन खराल

२५ पौष, गैंडाकोट ।  २९ औं प्याब्सन दिवश नवलपुरमा मनाईएको छ । दिवशको अवसर पारेर मंगलबार पूर्वी नवलपुरको गैंडाकोट–१० स्थित हिलवर्ड मावि भरतपुरको सबारी दुर्घटना भएको स्थलमा एक सभाको आयोजना गरिएको थियो । निजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन नवलपुरले आयोजना गरेको कार्यक्रममा दुर्घटना स्थलमा पार्क बनाउने निर्णय भएको प्याब्सन नवलपुरका सचिव भिम कंडेलले जानकारी दिनुभएको छ ।


 सो स्थलमा पर्ने पूर्व पश्चिम महेन्द्र राजमार्ग खण्डमा प्याब्सन नवलपुरले अभिलम्ब स्वागत द्धारको निर्माण गर्ने भएको छ । साथै सो घटनाको सम्झनामा २३ स्मृती स्थलमा पार्क बनाउन प्याब्सन नवलपुरले मंगलबार निर्णय समेत गरेको छ । उसले सबै प्रकृया पुरा गरेर प्याब्सन चितवन सहित प्याब्सन नेपालसंग समन्वय गरि पार्क निर्माण गर्ने प्याब्सन नवलपुरका अध्यक्ष रामचन्द्र देवकोटाले बताउनुभएको छ ।
कार्यक्रममा प्याब्सन नवलपुरका अध्यक्ष रामचन्द्र देवकोटाको अध्यक्षता तथा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले यहाँका विद्यालय संचालक तथा कार्यरत शिक्षक–शिक्षिकाले हरेकस्थलमा बालमैत्री व्यबहार गर्न आग्रह गर्नुभएको थियो  ।


उहाँले प्याब्सन नवलपुरको अगुवाईमा गैंडाकोट १० स्थित २३ स्मृति स्थलमा प्याब्सन पार्क निर्माणगर्ने निर्णय गर्नु स्वागत योग्य कुरा रहेको भन्दै नगरपालिकाले त्यसकार्यमा सहायता पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ । विद्यार्थीलाई पिक्निक लाने नाउँमा जोखिम नमोल्न उहाँले सुझाब समेत दिनुभयो  । 
कार्यक्रममा हिलर्वड विद्यार्थी शिक्षक स्मृति कोषका अध्यक्ष भानुचन्द्र न्यौपानेले विद्यालयका संचालक लगायत शिक्षाकर्मीहरु विद्यार्थीको भविष्य प्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । शिक्षक र विद्यालयको लापरवाहिका कारण आफुले ०६५ साल मंसिर २६ गतेका दिन छोरीको लाश देख्नुपरेको स्मरण गदैै आगामी दिनमा यस्ता घटना नदोे¥याउन जिम्मेवार पक्ष गम्भिर बन्नुपर्ने बताउनुभयो ।
घटना घटेसंगै जिम्मेवार पक्ष आफ्नो जिम्मेवारीबाट पन्छिरहेको भन्ने पिडितको गुनासो आईरहेकाबेला कोषका अध्यक्ष न्यौपानेले प्याब्सन नवलपुरको सह«ानिय कार्य भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आफुहरुप्रति प्याब्सन चितवनले निरन्तर रुपमा गैंर जिम्मेवारपूर्ण कार्य गर्दै आएको यस अघिदेखि पिडित पक्षले आरोप लगाउदै आएका थिए  ।
कार्यक्रममा हिलर्वड विद्यार्थी शिक्षक स्मृति कोषका सचिव एवं प्याब्सन भरतपुर महानगरपालिकाका अध्यक्ष  लेखनाथ बरालले प्याब्सन नवलपुर र प्याब्सन भरतपुरले हातेमालो गर्दै दिर्घकालिन काम गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा प्याब्सन नेपालका सचिवालय सदस्य भिमलाल अधिकारीले प्याब्सन नेपालले प्याब्सन नवलपुुरलाई पुर्ण सहयोग गर्ने बताउदैं बदलिदोँ समयमा शिक्षाकर्मीहरु परिस्कृत बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्याब्सन नेपालका केन्द्रिय सदस्य दिपकराज लम्साल, लक्ष्मी प्रसाद दवाडी लगायतले मन्तब्य राख्दैं दिवशको अवसरमा शुभकामना दिनुभएको कार्यक्रममा प्याब्सन गैंडाकोट नगर समितिका अध्यक्ष गोपेन्द्र केशरी न्यौपानेको स्वागत मन्तब्य रहेको थियो भने प्याब्सन गैंडाकोटका उपाध्यक्ष दिपक राउतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

२०६५ साल मंसिर २६ गते हिलवर्ड ईङ्लिस स्कुलको विद्यार्थीलाई पिकनिक लिएर बुटवल फुलबारी गएको बस फर्कने क्रममा गैंडाकोट १० पितौजीमा दुर्घटना ग्रस्त भएको थियो । घटनाको स्मरणमा मृत्युभएका विद्यार्थी तथा शिक्षक गरि २३ जनाको स्मरणमा २३ स्मृति स्थलको नामाकरण गरि विभिन्न कार्यक्रम गर्दै आएको  छ ।


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here