गैडाकोट नगरपालिकामा सार्वजनिक सुनुवाई तिब्र / वडा नं. ४ र १८ मा मंगलबार सम्पन्न (पुरा पाठसहित ) - Hamro Paisa

Pages

Breaking


Tuesday, January 8, 2019

गैडाकोट नगरपालिकामा सार्वजनिक सुनुवाई तिब्र / वडा नं. ४ र १८ मा मंगलबार सम्पन्न (पुरा पाठसहित )

२५ पौष, गैंडाकोट ।

गैँडाकोट नगरपालिका भित्र यत्ति बेला सार्वजनिक सुनुवाईले तिब्रता पाइरहेको छ । गत शनिबार देखि वडा नंं. १४ र वडा नं. १७ बाट सुरु भएको सार्वजनिक सुनुवाई ५ वटा वडाहरुमा सकिएको नगरपालिकाले जनाएको छ । 

मंगलबार वडा नं. ४ र वडा नं. १८ मा सम्पन्न भइसकेका छन् । जस अन्र्तगत गैंडाकोट पम्पीङ खानेपानीको हलमा वडा नं. ४ को सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । सो कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाको  आर्थिक वर्ष ०७४–०७५ भित्र संचालन गरेका विभिन्न कार्यक्रम तथा योजनाहरुमा विनियोजित रकमबारे वडाबासीलाई जानकारी गराउनुभएको थियो । उहाँले वडावासीलाई विकासको मामिलामा हातेमालो गर्न समेत आहब्बान गर्नुभएको थियो । उहाँले विकास सबैको साझा एजेण्डा भएकाले संगै हातेमालो गर्न सबैपक्षलाई आहब्बान गर्नुभएको थियो ।


कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले उपभोक्ता समितिहरुलाई समेत योजना सम्पन्न भैसकेपछि हिसाब किताब सार्वजनिक गर्न आग्रह गर्नुभयो । उपस्थित वडावासीले  वडाभित्रका सडक , खानेपानी, विजुली बत्ति, लक्षित वर्गका बजेट, लगायतका शिर्षकबारे जिज्ञासा राखेका थिए  ।  वडाको अधिकांश बजेट गैर उत्पादन शिल क्षेत्रमा विनियोजन भएको केहि वडावासीले समृद्धि खबरलाई बताएका थिए । बजेटको ठुलो हिस्सा स–साना सडक निर्माणका टुक्रे योजनामा छुट्टाइएको प्रति वडाका बुद्धिजिवीले चिन्ता समेत प्रकट गरेका छन् । 

कार्यक्रममा वरिष्ठ समाजसेवी एवं साविक गैंडाकोट गाविस उपाध्यक्ष टोलनाथ घिमिरेले वडा कार्यलयले पारदर्शीता र जवाफदेहिताको नमुना कार्य गरेकोमा प्रशंसा व्यक्त गर्दै समय समयमा सार्वजनिक सुनुवाई गरिरहनुपर्ने बताउनुभयो ।  वडा सदस्य तेजप्रसाद घिमिरेले संचालन गरेको सो कार्यक्रममा नगर कार्यपालिका सदस्य संगिता घिमिरेले सहभागीलाई स्वागत गर्नुभएको थियो । 

यसैबिच गैंडाकोट नगरपालिका वडा नं. १८ को आर्थिक वर्ष ०७३–०७४ र  आर्थिक वर्ष ०७४–०७५ को सार्वजनिक सुनुवाई समेत मंगलबार सम्पन्न भएको छ । गैंडाकोट नगरपालिका उप–प्रमुख विष्णुकुमारी कंडेलको प्रमुख आतिथ्यता तथा गैंडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेको अध्यक्षतामा दमारमा सम्पन्न भएको हो । 

सुनुवाईका क्र्ममा वडा अध्यक्ष चितौरेले वडा भित्र यस अवधिमा संचालित विभिन्न कार्यक्रम तर्फ विनियोजित रकमबारे वडाबासीलाई जानकारी गराउनुभएको थियो  । उहाँले सडक, विजुली बत्ति, खानेपानी , शिक्षा, कृषि पशुपालन, सरसफाई लगायत विभिन्न शिर्षकमा विनियोजित रकमबारे जानकारी गराउनुभएको वडा सचिव वेदनाथ दाहालले समृद्धि खबरलाई जानकारी दिनुभएको छ ।  


कार्यक्रमका प्रमुख अतिथि उप प्रमुख कंडेलले वडा विकास निर्माणको हिसावले अत्यन्तै पछाडि रहेकाले आवश्यकतालाई प्राथमिकता दिदंै क्रमिक रुपमा नगरपालिकाले सम्बोधन गर्ने बताउनुभएको थियो । विकट वडा १८ नंं. मा विजुली वत्ती र सडक बाटोको अत्यन्त आवश्यकता रहेकाले नगरपालिकाले आवश्यकता पुरा गर्ने बताउनुभएको थियो ।


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here