बिहानै मरिचको धुलो र पानी पिउँदा फाईदै फाइदा, क्यान्सर, रुघा खोकी देखि, डिप्रेशन सम्म चट - Hamro Paisa

Pages

Breaking


Tuesday, January 8, 2019

बिहानै मरिचको धुलो र पानी पिउँदा फाईदै फाइदा, क्यान्सर, रुघा खोकी देखि, डिप्रेशन सम्म चट

काठमाडौं ।

कालो मरिच सबै घरको भान्सामा उपलब्ध हुने एक प्रकारको मसला हो। तर हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ यो कालो मरिचले दिने फाइदाहरु । तपाईंहरुलाई कालो मरिचबाट हुने फाइदाहरुका बारेमा जानकारी गराउँदै छ ।  अनुसन्धानले समेत साबित गरिसकेको मसलाको रुपमा प्रयोग गरिने यो कालो मरिचले स्वास्थ्यमा आश्चर्यजनक फाइदा दिन्छ । मरिचको प्रयोगबाट प्राप्त गर्न सकिने फाइदाहरुका बारेमा जानकारी प्राप्त गरेर तपाईं पनि स्वस्थ र तन्द्रुस्त रहनुहोस्  ।

मरिच प्रयोग गर्नाले हुने फाइदाहरु
१. क्यान्सरबाट छुटकारा पाउन
कालो मरिचमा क्यान्सरसँग लड्न सक्ने गुण लुकेको हुन्छ जसको सहायताले क्यान्सर क्यान्सर जस्तो खतरनाक रोग समेत मानव शरिरमा प्रवेश गर्न पाउँदैन ।
तसर्थ कालो मरिचका साथ बेसारको सेवन गर्नाले क्यान्सर जस्तो भयानक रोगले मानव शरीरमा आर्कमण गर्न सक्दैन ।
मरिचमा भिटामीन सी, भिटामीन ए, क्यारोटिन लगायत अन्य किटाणुनासक गुण लुकेको हुन्छ जसले शरीरमा क्यान्सर लगायत अन्य रोगहरु लाग्न दिदैन । तसर्थ आजै बाट भान्सामा मरिचलाई स्थान दिनुहोस् र आफ्नो सागसब्जीमा मरिचलाई मसलाको रुपमा प्रयोग गर्नुहोस् ।
२. पाचन शक्ति बलियो बनाउन
कालो मरिचले पाचन शक्ति बलियो बनाउनुका साथै पेटलाई सफा पार्ने काम गर्छ । दैनिक रुपमा आफ्नो खानामा कालो मरिचको प्रयोग गर्नाले खानालाई पचाउन मद्धत पुर्याउँ छ र पाचन प्रक्रिया बलियो हुन्छ । यसले ग्यास्टिक जस्तो ज्याद्रो रोगबाट सहजै छुटकारा दिलाउने काम गर्छ ।
३. रुघा खोकीबाट छुटकारा दिलाउँ छ
कालो मरिचमा प्राकृतिक रुपले नै किटाणुनाशक गुण आबद्ध हुन्छ, तसर्थ यसको सेवन गर्नाले रुघा–खोकी निको हुन्छ  ।
एक चम्चा महमा एक चिम्टि मरिचको धुलो मिसाएर सेवन गर्नाले रुघा९खोकी हराएर जान्छ । यसले धुलो तथा धुवाँका कारण छातीमा हुने समस्या, फ्लु तथा भाइरल शंक्रमणबाट छुटकारा दिलाउन ठूलो भूमिका खेल्छ । यसमा आबद्ध भिटामीन–सी  ले किटाणुनाशकको समेत काम गर्छ ।
४. छालाको सुरक्षा गर्छ
छालालाई सुन्दर बनाउन चाहिने गुण मरिचमा अन्य चिजबिज भन्द सयौ गुणाले बढी हुन्छ । थोरै मह र दहीमा कालो मरिचको धुलो एक चिम्टि मिसाउनुहोस् र खानुहोस्  । यसले रक्त संचारलाई नियमित बनाउने तथा छालामा अक्सिजनको मात्रा उपलब्ध गराउँछ । खानामा कालो मरिचको प्रयोग नियमित रुपले गर्नाले छाला चाउरी पर्दैन र डण्डीफोर आउँदैन ।
५. डिप्रेशनबाट छुटकारा मिल्छ
कालो मरिचको प्रयोगले डिप्रेशन जस्तो भयानक रोग लाग्न पाउँदैन । यसले ब्रेनलाई सहज बनाउनुका साथै सकृय समेत बनाउँछ । यसका साथै कालो मरिचलाई मसलाको रुपमा प्रयोग गर्न सकिन्छ । मरिचको धुलो दुधमा मिलाएर प्रत्येक बिहान सेबन गर्नाले मांशपेशी जन्य रोग लाग्न पाउँदैन र शरीरमा फुर्ती प्राप्त हुन्छ  ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here