विद्युत प्राधिकरणका कर्मचारी मृत फेला । - Hamro Paisa

Pages

Breaking


Friday, January 4, 2019

विद्युत प्राधिकरणका कर्मचारी मृत फेला ।

गैंडाकोट, २० पौष ।

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका एक कर्मचारी आज विहान मृत अवस्थामा भेटिएका छन् ।
प्राधिकरणमा मिटर रिडिङको कामगर्ने पर्वत जिल्ला घर भएका खुमबहादुर लामिछाने पुरानो पावर हाउस (काठेखोला)को घुम्ती नजिक मृत अवस्थामा विहान फेला परेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक लामिछाने बढी मदिरा सेवन गर्ने व्यक्ति भएको बताईएको छ ।

घटनाको सूचना पाउदा साथै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा गएको टोलीले प्रकृति मुचुल्का आदि कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here