गैंडाकोट १३ बेल्डियामा गरिएको रक्तदानमा ४३ जनाद्धारा रक्तदान - Hamro Paisa

Pages

Breaking


Friday, January 4, 2019

गैंडाकोट १३ बेल्डियामा गरिएको रक्तदानमा ४३ जनाद्धारा रक्तदान

कमला भुषाल, गैंडाकोट, २० पौष ।


 धुब्रतारा युवा क्लब गैंडाकोट १३ ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । क्लबको २१ औं वार्षिकोत्सबको पूर्व सन्ध्यामा गैंडाकोट १३ बेल्डिया बजारमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ७ महिला सहित ४३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष रनबहादुर थापाले जानकारी दिनुभएको छ  ।

 यसैबिच क्लबले शनिबार निःशुल्क आखाँ शिविरको आयोजना गर्ने क्लबले जनाएको छ । यस क्षेत्रका गरिब, असह्याय, ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्य लाभ गराउने भन्दै आखाँ शिविरको आयोजना गरिएको जनाइएको छ ।

शिविरमा भरतपुर आखाँ अस्पताल, सुमि फर्मासिटिकल्स्  र टाइम फर्मासिटिकल्स्को सहयोग रहने आयोजकले समृद्धि खबरलाई जनाएको छ । शनिबार हुने शिविर गैंडाकोट वडा नं. १३,  सिख्रौली स्थित नारायण आधारभुत विद्यालयमा हुने आयोजकको भनाई छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here