वरिष्ठ साहित्यकार विनोदीलाई नवलपुरमा नागरिक अभिनन्दन गरिने - Hamro Paisa

Pages

Breaking


Thursday, January 10, 2019

वरिष्ठ साहित्यकार विनोदीलाई नवलपुरमा नागरिक अभिनन्दन गरिने

गैंडाकोट, २६ पौष ।

 पूर्वी नवलपुरको गैंडाकोटमा रहेर साहित्य, शिक्षा र समाजसेवाको माध्यमबाट समाज रुपान्तरणमा योगदान दिनुभएका वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गरिने भएको छ । यहि पौष २८ गते जिल्लाको पूर्वी भेगमा रहेको गैंडाकोट नगरपालिका स्थित जनक माध्यमिक विद्यालयको परिसरमा नागरिक अभिनन्दन गर्न लागीएको बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानले जानकारी दिएको छ ।


पत्रकार सम्मेलनका क्रममा सिंगो मानव जातीलाई प्रेरणा र प्रोत्साहन स्वरुप समाजलाई ठुलो योगदान दिने एक महान् हस्तीलाई नागरिकको तर्फबाट सम्मान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिनुभएको छ । 

पौष २८ गते प्राध्यापक डाक्टर बासुदेव त्रिपाठी सहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा कविवर विनोदीलाई अभिनन्दन गर्न लागीएको हो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ नवलपरासीका सभापति होमराज रानाभाटले शिक्षा, साहित्य लगायत समाजसेवाको माध्यमबाट समाजलाई अगाडी लैजान मद्धत पु¥याउने यस्ता हस्तीको सम्मानले नयाँ पुस्तालाई प्रेरणा र प्रोत्साहन गर्ने बताउनुभयो ।

नवलपुर र चितवनका साथै मुलुकको एक विशिष्ट शैक्षिक, साहित्यक एवं सामाजिक अभियान्ताका रुपमा ख्याती पाउदैं आउनुभएका कविवर विनोदीले यस क्षेत्रमा महत्वपूर्ण योगदान दिएको पत्रकार सम्मेलनका क्रममा सहभागिले चर्चा गरेका थिए । सोही क्रममा सहज अस्पतालका पूर्व अध्यक्ष करुणासागर सुवेदी, जनक माविका प्रधानाध्यापक चुरामणी कंडेल लगायतले उहाँको जिवनीबारे चर्चा एवं प्रशंसा व्यक्त गर्नुभएको थियो । 

 कार्यक्रममा कविवर विनोदीको जीवन र सृष्टि नामक ग्रन्थको समेत लोकार्पण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यसैविच पौष २८ गते अभिनन्दनको पूर्व सन्ध्यामा कविवर विनोदीको निवाश विजयचोक देखि कार्यक्रम स्थल जनक मावि सम्म बृहत जनसहभागितामा शोभायात्रा गरिने बताइएको छ । शोभायात्रामा बाजागाजा सहित विभिन्न भेषभुषामा सु सज्जित समुदायहरु मौलिक पोषाकमा सरिक हुने बताइएको छ ।  प्रतिष्ठानले यस अघि समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तिलाई सम्मानका साथै विभिन्न खाले पुण्य कार्यहरु गर्दै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here